मैलुङ खोला जलविद्युतले कम्पनी आइपिओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

मैलुङ खोला जलविद्युतले कम्पनी आइपिओ निष्कासन गर्ने



काठमाडाै । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले रसुवामा सञ्चालित ५ मेगावाटको मैलुङ खोला जलविद्युत केन्द्रको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँबराबरको १ रुपैयाँ अंकित ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रबन्धक शरद बस्यालले बताए । उनका अनुसार बोर्डबाट स्वीकृति प्राप्त भएपछि चैतभित्र सर्वसाधारणका लागि छुट्याइएको २० प्रतिशत सेयर बिक्री खुल्ला गरिने छ ।

सेयर निष्कासन तथा बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । यसअघि गत जेठमा विद्युतगृह सञ्चालन भइरहेको रसुवाका स्थानीयका लागि ३ लाख ६८ हजार १ सय ४४ कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिएको थियो । विद्युत उत्पादन सुरु गरेको ११ महिनामा मैलुङ २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेको थियो । क्षतिग्रस्त विद्युतगृहको पुनर्निर्माण गरेर पुनः सञ्चालन गरिएको हो ।

प्रकाशित : २१ फाल्गुन २०७४, सोमबार १५:०४