प्रभु बैंकका दुई नयाँ शाखा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकका दुई नयाँ शाखा बिस्तार



प्रभु बैंकले नुवाकोट जिल्लाको प्रमुख व्यापारीक केन्द्र बट्टारमा आफ्नाे शाखा बिस्तार गरेको छ। नुवाकोट जिल्लाका सभासद् बहादुर सिंह लामाले एक समारोहका बिच आज सोमबार  बिहान बैंकको बट्टार शाखा कार्यालयको उद्घाटन गरको हुन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र प्रहरी नायव उपरिक्षक सिद्धीविक्रम शाहको पनि उपस्थीति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले हालसम्म करिब २२ वटा हाईड्रोपावर कम्पनीहरुमा कर्जा लगानी गरिसकेको र नुवाकोट जिल्लामा रहेको हाइड्रोपावर तथा कृषि क्षेत्रको ठूलो संभावनालाई मध्यनजर गर्दै  बैंकले आफ्नाे शाखा विस्तार गरेको जानकारी दिए।
 
नेपाल चीन (रसुवागढी) नाका बिस्तार हुनै लागेकाले यस क्षेत्रमा बैंकको स्थापनाले थप आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने लामाको तर्क छ। साथै उनले कृषि क्षेत्रमा लगानी बढाउन पनि बैंकलाई आग्रह गरेको थिए ।
बैंकले अाज नै काठमाडौंको कपनमा पनि अर्को शाखा विस्तार गरेको छ । शाखा तथा एटिएम संङ्ख्याका आधारमा १ सय १२ वटा शाखाहरु र १ सय ९ वटा एटिएमहरु भएको प्रभु बैंक, नेपालको निजी क्षेत्रको पहिलो बैंक बन्न सफल समेत बैंकले जानकारी दिए । बैंकले २०७२ असार मसान्त सम्ममा   ४५ अर्ब रुपैयाँ निक्षेप संकलन ,३० अर्ब रुपैयाा कर्जा लगानी गरेर  १ अर्ब ३ करोड रुपैयाँ कुल मुनाफा गर्न सफल भएकोे छ।

प्रकाशित : २८ भाद्र २०७२, सोमबार १४:४३