भाटभटेनी सुपरमार्केट महानगरपालिले मार्यो छापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भाटभटेनी सुपरमार्केट महानगरपालिले मार्यो छापा



काठमाडौ । ललितपुर महानगरपालिकाले कृष्णगल्लीमा रहेको भाटभटेनी सुपरमार्केटको शाखामा आइतबार दिउँसो छापा मारेको छ । भाटभटेनीले ५ वर्षदेखि कर नतिरेको विषयमा अनुसन्धान गर्ने क्रममा भाटभटेनीको उक्त शाखामा छापा मारेको हो ।

यसअघि २०७३ साल साउन ३२ गते आपूर्ति मन्त्रालयले भाटभटेनी सुपरमार्केटको चावहिल–चुच्चेपाटीमा रहेको सुपरमार्केटमा छापा मारेको थियो । गुणस्तरको हिसावले ठिकै भएपनि मुल्यमा भने उपभोक्ता हित संरक्षण ऐनले तोकेको २० प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था विपरित चर्को शुल्क लिईएको भेटिएपछि आपूर्ति उक्त शाखामा छापा मारेको थियो ।

प्रकाशित : 18 February, 2018 5:36 pm