बजारमा दोहोरो अंकको गिरावट, बाम सरकार माथी लगानीकर्ताको अविश्वास कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बजारमा दोहोरो अंकको गिरावट, बाम सरकार माथी लगानीकर्ताको अविश्वास कायमै



काठमाडाै । आइतबार सेयर बजार घटेको छ । सातको पहिलो दिन बजार ओरालो लागेको छ । अघिल्लो साता बजार बन्द हुँदा ३६ अंकले बढेर कारोबार बन्द भएको थियो तर, लगानीकर्ताहरुलाई निराश बनाउँदै बजार ११ दशमलव ०५ अंकले घटेर १ हजार ४ सय १३ दशमलव ९० अंकमा पुगेर कारोबार बन्द भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त भएको दिन बिहीबार ३६ अंक बढेको बजार सेयर बजार आइतबारको सुरुवातीमा शुभ संकेत देखिएको थियो ।

 

तर अाइतबार सुरुमा बढेपनि पछि बजार घट्यो । लगानीकर्तामा आत्मविश्वास  भने अझै बढ्न नसकेको बिश्लेषकहरु बताउछन ।

लगातार बढेको सेयर बजार आईतबार ११ अंकले घट्यो ।आइतबार उत्पादनमुलक बाहेक सबै क्षेत्रको मूल्य घटेर राताम्य भएको छ । बिहीबार ६५ करोड भन्दा माथिको शेयर किनबेच भएको बजारमा आइतबार कारोबार पनि घटेको छ । जम्मा १५९ कम्पनीको कारोबार हुँदा पनि ५९ करोड ६ लाख ६० हजार १२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आइतबार उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य कम्पनीको कारोबारमा गिरावट आएको हो ।

प्रकाशित : ६ फाल्गुन २०७४, आईतवार १५:२८