काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कमपनी लिमिटेडको दर्ता किताब बन्द गर्ने भएको छ ।इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेकाेले फागुन १७ गतेदेखि दर्ता किताब बन्द हुन लागेको हो ।
कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा तल रहेको जनाउछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
Comment