नयाँ वैदेशिक रोजगारदाता संस्था दर्तामा रोक लगाउन माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ वैदेशिक रोजगारदाता संस्था दर्तामा रोक लगाउन माग



काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ वैदेशिक रोजगारदाता संस्था दर्ता गर्ने कार्य तत्काल रोक्न माग गरेको छ ।

संघका अध्यक्ष रोहन गुरुङले आज जारी गरेको विज्ञप्तिमा मुलुकको आवश्यकताभन्दा बढी मात्रामा त्यस्ता कम्पनी दर्ता गरिएकाले नयाँ दर्तामा रोक लगाउन माग गरिएको छ । विज्ञप्तिमा एक अर्बभन्दा बढी जनसंख्या भएको नेपालका छिमेकी मुलुकमा एक हजार मात्रै रोजगारदाता संस्था भएको तर नेपालमा करिब एक हजार ५०० दर्ता भएको र थप दर्ता गर्न खोजिएको उल्लेख छ ।

विज्ञप्तिमा कागजात पूरा नभएका व्यक्तिलाई आर्थिक प्रलोभनमा परी वैदेशिक रोजगार विभागले नयाँ दर्ताका लागि अनुमतिपत्र दिएको जिकिर गरिएको छ । नयाँ संस्था दर्ताका लागि रु १० लाखसम्म घुस लिएको अभियोगमा केही समयअघि वैदेशिक रोजगार विभागका अधिकृत थलामै पक्राउ परेको घटनाले आफूहरुको आरोपलाई पुष्टि गरेको विज्ञप्तिमा जिकिर गरिएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७४, शुक्रबार १९:०५