काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री बनेकै दिन नेप्से परिसुचक उकालो लागेको छ ।निरन्तर ओरालो लागेको सेयर बजारले ओली नेतृत्वको स्थायी सरकार बन्ने अाशमा लगानीकर्ता देखिएका छन ।
आज नेप्स ३६ दशमलव ०१ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १६५ कमपनीको १५ लाख ६ हजार ६ सय ३४ कित्ता सेयरबाट ६६ करोड ३९ लाख ५६ हजार २ सय ४९ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह २ सय १३ दशमलव ९५ अंकले उकालो लागेको छ। आज लघुवित्त समुह ६२ दशमलव ९१ अंकले, विकास बैँक समुह ५५ दशमलव ५ अंकले,उतपादनमुलक समुह ५० दशमलव ७५ अंकले, जलविधुत समुह ४९ दशमलव ०४ अंकले, बैँक समुह ३१ दशमलव ३९ अंकले, होटल समुह २२ दशमलव ९६ अंकले,फाइनान्स समुह १७ दशमलव ५५ अंकले र अन्य समुह ७ दशमलव ३६ अंकले उकालो लागेको छ।
Comment