एसबीआई बैंकमा सीआस्वा सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एसबीआई बैंकमा सीआस्वा सेवा सुरु



काठमाण्डौ । नेपाल एसबीआई बैंकले  सीआस्वा सेवा फागुन ३ गते बिहीबारदेखि सुरु गरेको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै फागुन ३ गतेदेखि आफ्ना ग्राहकलाई सीआस्वा सेवा उपलब्ध गराउन थालिएको प्रष्ट्याएको हो ।

सिडिएस एण्ड क्लियरिंग लिमीटेडले धितोपत्र सार्वजनिक निश्कासनको केन्द्रीयकृत विद्यूतीय सेवा सम्बन्धी संचालन निर्देशिका २०७४ को कार्यान्वयन गरी आगामी फागुन ११ देखि सार्वजनिक निश्कासनमा धितोपत्र खरीदको आवेदन अनिवार्य रुपमा सीआस्वामार्फत हुनुपर्ने व्यवस्था गरेको छ ।

एसबीआईले आफ्नो बैंकमा खाता भएका सबै लगानीकर्तालाई नजिकको शाखा कार्यालयमा सम्पर्क राखी आफ्नो विवरण अद्यावधिक गराई सीआस्वा रजिष्टेसन सम्बन्धी व्यवस्था बमोजिम सिआरएन नम्बर लिन समेत आग्रह गरेको छ ।

सीआस्वामा एकपटक दर्ता भइसकेका लगानीकर्ताले मेरो सेयर सेवामार्फत घरमै बसेर इन्टरनेटको माध्यमबाट पनि खरीद आवेदन दिनसक्ने हुँदा अनलाइनमार्फत आवेदन दिन चाहने र एसबीआई बैंकमा डिम्याट खाता भएका लगानीकताहरुलाई समेत मेरो सेयर सेवा लिन आग्रह गरिएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १२:४५