काठमाडाै । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीको पहिलो वार्षिक साधारणसभाले चुक्तापुँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।
३ महिनाअघि मात्र सञ्चालनमा आएको इन्स्योरेन्सले आइपिओ जारीका लागि धितोपत्र बोर्डबाट अनुमति लिन, धितोपत्र व्यवसायीसँग सम्झौता गर्न लगायतका काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ।
यस्तै, कम्पनीको सञ्चालकमा कल मोबिलिटीका तर्फबाट पशुपति मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला महर्जनलाई निर्विरोध निर्वाचन गरेको छ।
चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ हुने र यसमध्ये १ अर्ब ५४ करोड रुपैयाँ संस्थापक सेयर लगानी हुनेछ। ६६ करोड रुपैयाँ सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको हो।
नियामक निकाय नेपाल धितोपत्र बोर्डको नियमावली अनुसार कम्पनीहरु सञ्चालनमा आएको १ वर्ष नपुगी आइपिओ जारी गर्न नपाउने व्यवस्था छ। कम्पनीले गत असोज ८ देखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सञ्चालमा ल्याएको हो।
Comment