राष्ट्रिय बीमा कम्पनी मुनाफामा ४२ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय बीमा कम्पनी मुनाफामा ४२ प्रतिशतले बढ्यो



काठमाडौँ। राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा ३७ करोड २५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४२ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २६ करोड १६ लाख रुपैया आर्जन गरेको थियो ।

 


२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा १ अर्ब ९८ करोड १४ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब २६ करोड ३० लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा ३८ दशमलव ८३ प्रतिशतले घटेर ४९ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १६५ दशमलव ९५ प्रतिशतले बढेर १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ४९ करोड ७६ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको छ भने कुल दाबी भुक्तानी ३ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी वार्षिक १ सय ३९ दशमलव ७० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९६ दशमलव ९९ गुणा, प्रति शेयर नेटवर्थ ८४३ दशमलव ११ रुपैयाँ र तरलता अनुपात २ दशमलव ९४ प्रतिशत रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७४, मंगलवार ११:५१