तराईका उद्योगी चन्दा आतंकको मारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तराईका उद्योगी चन्दा आतंकको मारमा



काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले लगातारको तराई बन्दले औधोगिक क्षेत्र पुर्णरुपमा ध्वस्त हुने अवस्थामा पुगेको भन्दै गम्भिर हुन आग्रह गरेको छ । महासंघले शुक्रवार पत्रकार सम्मेलन गरेर तराई क्षेत्रमा आन्दोलनकारीले उद्योगमा तोडफोड गरेको, उद्योगीलाई धम्कि दिएको र बन्दलाई समर्थन गर्न धम्कि दिदै चन्दा मागेकोले अव औधोगिक क्षेत्र नै समाप्त हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । महासंघका अध्यक्ष पशुपति मुरारकाले बन्दका कारण तराई क्षेत्रमा दैनिक २ अवको क्षति बेहोरिरहेको बताए । उनले बन्दका कारण भारतवाट सामान लिएर आएका १० हजार भन्दा बढि ट्रक र कन्टेनर बाटोमा रोकिएको भन्दैयसले कन्टेनरको भाडामात्रै दैनिक १० करोडले बढेको बताए ।

उनले ट्रकमा रहेको सामानको नोक्सानीको अनुमान नै गर्न नसकिने भयावह अवस्था रहेको बताए । आन्दोलनकारीले भैरहवा, विरगञ्ज, नेपालगञ्ज लगायतका क्षेत्रमा बन्द अवस्थामा रहेको उद्योगहरुमा समेत तोडफोड गरेको भन्दै त्यसको विरोध गरे । उनका अनुसार भैरहवामा गोयन्का सिमेन्ट, रिलायन्स सिमेन्ट, अर्घाखाँची सिमेन्ट, विराटनगरमा प्लाष्टिक उद्योग लगायत थुप्रै उद्योगहरुमा आन्दोलनकारीले तोडफोड गरेको बताए ।

IMG_8917स्थानीय व्यापारीसँग धम्की दिएर चन्दा उठाउने काम भैरहेको भन्दै उनले उद्योगीबाट चन्दा उठाएर उसकै उद्योगमा तोडफोड गर्ने अवस्था सृजना भएको भन्दै आफुहरुलाई दुखी बनाएको उनले बताए ।  महासंघले आफ्ना उद्योगहरुमा तोडफोड हुँदा र उद्योग चलाउनै नसक्ने अवस्था हुँदा पनि सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाएको छ । यस्तो भयावह अवस्था आउदा पनि सरकारले आफुहरुसँग सोधपुछ समेत नगरेको भन्दै महाँसघले आन्दोलनकारीसँग तुरुन्त वार्ता गरेर समस्या समाधान गर्न माग गरेको छ । महासँघकी वरिष्ट उपाध्यक्ष भवानी राणाले सरकारले संविधानसभाको प्रकृया स्थगित गरेर वार्ताको आव्हान गरेकोले बन्द रोकेर वार्तामा आउन आन्दोलनकारीलाई आग्रह गरिन् ।

प्रकाशित : २६ भाद्र २०७२, शनिबार ०७:५८