नेप्से साढे ४ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

नेप्से साढे ४ अंकले घट्यो



STOCKकाठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से ४ दशमलव ४५ अंकले ओरालो लागेको छ ।

सो दिन १ हजार १ सय ६८ दशमलव ७१ अंकमा झरेर बजार बन्द भएको छ ।

विहीबार वीमा समुहको परिसुचक सवैभन्दा बढी ९१ दशमलव ०६ अंकले ओरालो लागेको छ । त्यस्तै होटल समुहको २९ दशमलव ६६, उत्पादन ८ दशमलव ३८, जलविद्युत ३ दशमलव ५७ र बैंकिङ समुहको परिसुचक २ दशमलव ७१ अंकले ओरालो लागेको छ ।

यता फाइनान्स,विकास बैंक तथा अन्य समुहको परिसुचक भने क्रमशः ० दशमलव ६५,० दशमलव ९८ र ३ दशमलव ५२ अंकले उकालो लागेको छ ।

सो दिन कारोवारमा आएका १ सय ३७ कम्पनिको ११ लाख ४५ हजार ६ सय ७२ कित्ता सेयरबाट ४७ करोड १४ लाख बराबरको कारोवार भएको छ ।

प्रकाशित : २४ भाद्र २०७२, बिहीबार १४:५३