एनबीको नयाँ एटीएम सेवा ठमेलको सातघुम्तीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनबीको नयाँ एटीएम सेवा ठमेलको सातघुम्तीमा



काठमाडौं।  नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र ठमेलको सात घुम्तिमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो ५०औं एटीएम सेवा हो ।बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच यस एटीएम सेवाको शुभारम्भ गरेका छन् । यस सेवाले ठमेल क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ ।

प्रकाशित : 4 February, 2018 11:42 am