शिवम् सिमेन्टले आईपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शिवम् सिमेन्टले आईपिओ जारी गर्ने



काठमाडौं।शिवम् सिमेन्ट लिमिटेडको आज हुने विशेष साधारणसभाले सर्वसाधारणलाई सेयर (आईपिओ) जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा ५२ लाख ८० हजार कित्ता आइपिओ जारी गर्ने प्रस्ताव साधारणसभामा राखेको छ ।

कम्पनीको माघ ३ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । गत पुृस २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

शिवमले हालको जारीपुँजी ४ अर्ब ३० करोड रुपैयाँमा वृद्धि गरी ४० अर्ब ४० करोड रुपैयाँ कायम गर्ने र उक्त पूँजीको १२ प्रतिशत हुन आउने ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानियबासिन्दाका लागि समेत निष्कासन गर्ने भएको हो ।

गतवर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।

शिवम्ले प्रिमियम मूृल्यमा सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी रहेको शिवम सिमेन्टको उद्योग मकवानपुरको हेटौडामा रहेको छ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुन छ ।

आईपीओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हुनेछ । अर्घाखाँची सिमेन्ट लगायतका अन्य केही सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् ।

प्रकाशित : २१ माघ २०७४, आईतवार ११:२८