सेन्चुरी बैंकले बोनस सेयर र नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेन्चुरी बैंकले बोनस सेयर र नगद लाभांश दिने



काठमाडौं । सेन्चुरी बैंकले ५% बोनस सेयर र ५% नै नगद लाभांश दिने भएको छ । सेन्चुरीले अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सको एक्विजिसन र ४०% हकप्रद बिक्रीपछि कायम भएको चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख ६१ हजार ८३८ रुपैयाँको ५% बोनस दिने निर्णय गरेको छ। बैंकले यही चुक्ता पुँजीको ५% ले हुने ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । बोनस रकममध्ये ३१ करोड ३५ लाख ५४ हजार ३२७ रुपैयाँ सेन्चुरीबाट, अल्पाइनबाट प्रस्तावित ५ करोड ९८ लाख ३१ हजार ५६५ रुपैयाँ र सेतीबाट प्रस्तावित १ करोड ५ लाख ८७ हजार २०० रुपैयाँ हुनेछ । बोनसपछि सेन्चुरीको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३४ लाख ३४ हजार ९३० रुपैयाँ हुनेछ ।

प्रकाशित : १८ माघ २०७४, बिहीबार ११:५१