काठमाडौं। कालिका पावर कम्पनी लिमिटेडले माघ २१ गते बाट आयोजित प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि आईपिओ निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता आईपिओ निष्कासन गर्नेछ ।
कम्पनीको शेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा तिन हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यस कम्पनीको हालको चुक्ता पूँजी ४२ करोड रहेको छ । आईपिओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने छ । शेयर आवेदन माघ २१ गतेबाट छिटोमा फागुन ६ र ढिलोमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Comment