आउनेभाे ज्योति लाइफको ६६ करोडको आईपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आउनेभाे ज्योति लाइफको ६६ करोडको आईपीओ



काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको माघ १० गते बसेको प्रथम वार्षिक साधारणसभाले ६६ करोड रुपैयाँबराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

ज्योति लाइफबुधवार कम्पनी रजिष्टर्ड कार्यालय पोखरामा सम्पन्न सभाले सर्वसाधारणका लागि छुट्ट्याइएको उक्त रकम बराबरको शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । साथै,संस्थापक समूहबाट चार जना सञ्चालकको चयन गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभाबाट पशुपति मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला श्रेष्ठ महर्जन निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् ।

त्यस्तै सभाले सञ्चालक समितिको प्रतिवेदन, आव २०७३/७४ को लेखा परीक्षण प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणसमेत पारित गरेको छ ।

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै जारी पुँजी २ अर्ब २० करोड मध्येसंस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले ६६ करोड रुपैयाँको सर्वसाधारणको लागि शेयर जारी गर्ने भएको हो ।

गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले भदौ १९ गते सञ्चालनको अनुमति पाएको थियो । कम्पनी असोज ८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।

४२ जना प्रबद्र्धक रहेको ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् । इन्स्योरेन्सको १० वटा शाखा सञ्चालनमा रहेका छन् । एनआईसी एसिया बैंक समेत प्रवद्र्धक रहेको कम्पनीको रजिस्टर्ड कार्यालय पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा रहेको छ ।

प्रकाशित : ११ माघ २०७४, बिहीबार १२:०१