कृषि विकास बैंककाे माघ २९ गते वार्षिक साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषि विकास बैंककाे माघ २९ गते वार्षिक साधारणसभा



काठमाण्डौ । कृषि विकास बैंकले आगामी माघ २९ गते आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको साधारणसभा भक्तपुरको बोडेस्थित उसकै केन्द्रीय प्रशिक्षण भवनमा सम्पन्न हुने आइतबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ । साधारणसभामा बैंक संचालक समितिबाट केही समयअघि भएको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश दिने निर्णयलाई विशेष प्रस्तावको रुपमा पेश गरिनेछ ।

यस्तै, बैंकको अग्राधिकार सेयरधनीहरुलाई ६ प्रतिशतको दरले लाभांश बाँड्ने बिषयलाई समेत विशेष प्रस्तावको रुपमा पेश गरिने बैंकले जनाएको छ ।

 साधारणसभा प्रयोजनका लागि बैंकले माघ १५ दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ । यसको अर्थ कृषि विकास बैंकले घोषणा गरेको लाभांश पाउन तथा साधारणसभामा सहभागी बन्न वा मतदानको अधिकार प्रयोजन गर्न माघ १४ गतेभित्र यो बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ ।

हाल यो बैंकको चुक्तापूँजी ७ अर्ब ८ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसको पूँजीकरणपछि चुक्तापूँजी बढेर ८ अर्ब ४५ करोडको उचाईमा पुग्नेछ ।

 

प्रकाशित : ७ माघ २०७४, आईतवार १३:०४