काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १५ दशमलव ७८ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५७ कम्पनीको १५ लाख ७४ हजार ४ सय ८१ कित्ता सेयरबाट ३७ करोड ४८ लाख ९५ हजार ९ सय १० रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ६९ दशमलव ८२ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह २७ दशमलव ८९ अंकले, लघुवित्त समुह २३ दशमलव ९७ अंकले, होटल समुह २० दशमलव २८ अंकले, विकास बैँक समुह ११ दशमलव ४८ अंकले , बैँक समुह १० दशमलव ८२ अंकले, जलविधुत समुह ७ दशमलव ९४ अंकले,अन्य समुह ७ दशमलव ४४ अंकले, टे«डिड. समुह ० दशमलव ८४ अंकले र फाइनान्स समुह ० दशमलव ५१ अंकले अंकले ओरालो लागेको छ।
२६ पुष २०७४, बुधबार १५:१८
Comment