नेको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेको इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर आउने



काठमाडौं। नेको इन्स्योरेन्स कम्पनीको ५० प्रतिशत हकप्रद शेयर आउने निश्चित भएको छ । बैंकको हकप्रद शेयरलाई नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै हकप्रद शेयर आउने निश्चित भएको छ ।कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३९ लाख २० हजार ९सय २८ कित्ता हकप्रद शेयर निष्काशन अनुमति पाएको हो । हकप्रद निष्काशन गर्नका लागि एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।कम्पनीले निष्काशन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत रहेको जनाउछ ।

प्रकाशित : २६ पुष २०७४, बुधबार १४:१५