काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको २ बराबर १ अनुपातको हकप्रदको लागि माघ १० गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।तसर्थ माघ ९ गतेसम्म शेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद शेयरमा आवेदन दिन
सक्नेछन् ।कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको २२ लाख २७ हजार ९६६.२० कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।
10 January, 2018 12:04 pm





Comment