सगुनले ल्यायो एन्ड्रोइड भर्सनको मोबाइल एप, यस्ता छन बिशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सगुनले ल्यायो एन्ड्रोइड भर्सनको मोबाइल एप, यस्ता छन बिशेषता



काठमाडौं  । सामाजिक ईकमर्स साइट सगुन(Sagoon) ले आफ्नो एन्डोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट सार्वजनिक गरेको छ। नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित एक कार्यक्रममा सगुनको मोवाइल एप सार्वजनिक गरियो।

सो मोबाइल एप बलिउड अभिनेतृ श्रद्धा कपुरले गरेकी थिईन् । कार्यक्रममा भारतीय नेताहरु, चलचित्रकर्मी, सरकारी अधिकारी, आइटी कम्पनीका प्रतिनिधिहरुलगायत विश्वभर रहेका सगुनका लगानीकर्ताहरु सहभागी भएको कम्पनीले जनाएको छ ।

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्टअप कम्पनी सगुनले स्मार्टफोनका पारिखीहरुलाई ध्यानमा राखेर मोवाइल एप प्ले स्टोरमार्फत सार्बजनिक गरेको हो ।

सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप डेभलप गरेको हो । एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध सो एपले प्रयोगकर्ताको गोपनियतालाई निकै ध्यान दिएको दाबी गरिएको छ ।

सगुनको मोवाइल एप सूचनाको गोपनियतामा महत्वपूर्ण फड्को हुने सगुनका संस्थापक गोविन्द गिरीले उल्लेख गरे। उनले दक्षिण एशियाबाट सोसियल मुभमेन्ट शुरु गर्न चाहेकाे बताए ।

‘हामी ३ वर्ष भित्र सगुनलार्इ विश्वको उत्कृष्ट कम्पनी बनाउन चाहन्छौं त्यसको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरिरहेका छौं,’ उनले भने ।

एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा छ ।

सो एपमा माई डे, सिक्रेट तथा मुड टकलगायतका फिचरहरु राखिएको कम्पनीकी सह संस्थापक स्वाती दयालले जानकारी दिईन् ।

एपमा आफ्नो गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई बाँड्नसकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोवाइल एपमा राखिएको जानकारी दिईयो।

खासमा सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने सगुनले आशा गरेको छ ।

यसमा सेक्रेट नामक छुट्टै एप छ, जसबाट दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन पनि राखिएको छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २५ पुष २०७४, मंगलवार २२:१९