काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले १५ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले ३० लाख ९४ हजार १ सय ५४ दशमलव ७७ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।उक्त हकप्रद शेयरको लागि माघ ३ गते शेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ । तसर्थ माघ २ गतेसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले उक्त शेयरमा आवेदन दिन सक्नेछन् ।
२४ पुष २०७४, सोमबार १२:२२
Comment