काठमाडौं । एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई बराबर एकको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद निष्कासनका
लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको २२ लाख २७ हजार ९६६.२० कित्ता शेयर निष्कासन गर्ने भएको हो ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।
8 January, 2018 12:04 pm





Comment