७ दशमलव ९७ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

७ दशमलव ९७ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ७ दशमलव ९७ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको फाइनान्स  र अन्य  समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५७ कमपनीको ७ लाख ५१ हजार ३९ कित्ता सेयरबाट ३६ करोड १६ लाख २५ हजार १ सय २९ रुपैयाको कारोबार भएको छ।

आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ६५ दशमलव ८७ अंकले उकालो लागेको छ। आज लघुवित्त समुह २० दशमलव ६ अंकले, होटल समुह १४ दशमलव २७ अंकले, उतपादनमुलक समुह १० अंकले, विकास बैँक समुह ९ दशमलव ३२ अंकले, जलविधुत समुह ४ दशमलव २ अंकले, बैँक समुह १ दशमलव ८५ अंकले उकालो लागेको छ।
आइतबार फाइनान्स र अन्य समुह भने ओरालो लागेको छ। आज फाइनान्स समुह १ दशमलव १४ अंकले ओरालो लागेको छ भने अन्य समुह ० दशमलव ५७ अंकले ओरालो लागेको छ।

प्रकाशित : २३ पुष २०७४, आईतवार १५:२२