गोली प्रहारबाट व्यापारी पौडेलको मृत्यु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गोली प्रहारबाट व्यापारी पौडेलको मृत्यु



बुटवल । रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ ।अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ ।

घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् ।मृतक फर्निचर व्यवसायी हुन् ।

प्रकाशित : २१ पुष २०७४, शुक्रबार १४:२८