काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको ९९ करोड ३६ लाख ७ हजार ७ सय ५४ रुपैयाँको हकप्रद निष्कासनलाई इक्रा नेपाल लिमिटेडले रेटिङ गरेको छ । इक्राले औसत आधारहरु जनाउने आईपीओ ग्रेड–३ प्रदान गरेको हो ।
इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ लेबलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाइ जनाउँदछ । कम्पनीको आधारहरु सम्बन्धी राय ब्यक्त गरीएका आईपीओ ग्रेडले कुनै धितोपत्र खरिद, बिक्री तथा स्वामित्वमा राख्न सिफारिस गरेको जनाउदैन ।
Comment