काठमाडौं। प्रिमियर इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ एफपीओमा ३ अर्ब २२ करोड ५८ लाख रुपैयााँको आवेदन परेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार १ लाख ८६ हजार ८४६ आवेदकबाट सो परिणामको आवेदन परेको हो ।
कम्पनीले पुस १६ गतेबाट पुस १९ गतेसम्म एक सय रुपैंया अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७९९ रुपैंयाको दरमा ६ लाख ५९ हजार ५६५ कित्ता फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गरेको थियो ।इन्स्योरेन्सले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ निष्कासन गरेको हो । अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ रहेको छ । एफपिओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
Comment