ओरालो लाग्यो नेप्से, कस्ले कति गुमाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से, कस्ले कति गुमाए



काठमाडौँ । बुधबार नेप्से ओरालोे लागेर बन्द भएको छ। आज नेप्स २० दशमलव ६३ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५५ कम्पनीको ८ लाख ९० हजार ४ सय ६३ कित्ता सेयरबाट ४४ करोड ५५ लाख ४६ हजार ५ सय ७५ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय ३४ दशमलव ८२ अंकले ओरालो लागेको छ। आज होटल समुह २९ दशमलव ३३ अंकले,लघुवित्त समुह २६ दशमलव ६८ अंकले, जलविधुत समुह २६ दशमलव ०१ अंकले, अन्य समुह १९ दशमलव ३८ अंकले, विकास बैँक समुह १७ दशमलव १६ अंकले, बैँक समुह १६ दशमलव २८ अंकले, फाइनान्स समुह ४ दशमलव ८ अंकले, उतपादनमुलक समुह १ दशमलव ४ अंकले र टे«डिड. समुह १ दशमलव ३५ अंकले ओरालो लागेको छ।

प्रकाशित : १९ पुष २०७४, बुधबार १५:२३