ज्योति लाइफले ६६ करोडको आइपीओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ज्योति लाइफले ६६ करोडको आइपीओ जारी गर्ने



काठमाडौं ।ज्योति लाइफ इन्स्योरेन्सले  माघ १० गते पहिलो बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पोखरामा हुने साधारण सभाको विशेष प्रस्तावमा आइपिओ निष्कासन गर्ने प्रस्ताव रहेको छ ।कम्पनीले ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव साधारण सभा बाट पारित गर्दै छ ।

संस्थापकबाट ७० प्रतिशत हुने रकम १ अर्ब ५४ करोड रुपैयाँ पूँजी कायम गरेको कम्पनीको आइपीओ निष्कासन पश्चात बीमा समितिले तोके बमोजिम दुई अर्ब चुक्ता पूँजी पुग्नेछ ।४२ जना प्रबद्र्धक रहेको उक्त कम्पनीको अधिकृत पूँजी ३ अर्ब रहेको छ । त्यस्तै जारी पूँजी २ अर्ब २० करोड रहेको छ ।गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले असार २० गते समितिबाट सञ्चालन इजाजतपत्र पाएको थियो । त्यस्तै भदौ १९ गते कारोबारको अन्तिम स्वीकृति लिएको कम्पनी असोज ८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।

ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् । इन्स्योरेन्सको १० वटा शाखा सञ्चालनमा रहेका छन् । एनआईसउी एसिया बैंक समेत प्रवद्र्धक रहेको कम्पनीको रजिस्टर्ड कार्यालय पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा रहेको छ ।

प्रकाशित : १९ पुष २०७४, बुधबार १२:३२