काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको शतप्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले आइतबार समायोजन गरेको हो ।बैंकको समायोजनपछिको मूल्य नेप्सेले ९ सय ५० रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १ हजार ६ सय २२ रुपैयाँ दिएको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुस २६ आफ्नो ३१ औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाको लागि पुस १६ गतेदेखि पुस २६ गतेसम्म बैंकको शेयरधनी पुस्तिका बन्द रहने भएको छ ।
Comment