नाडा अटो शो २०७२ भाद्र २९ देखि, १२० स्टल रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडा अटो शो २०७२ भाद्र २९ देखि, १२० स्टल रहने



काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एंव सवारीसाधान, पार्टपुर्जा तथा अन्य accessories हरुको प्रदर्शनी नाडा अटो  शो २०७२ यही भाद्र २९ देखि आश्विन ३ गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने यो प्रदर्शनी १२० स्टल रहने आयोजकले बताएको छ । गत वर्षको प्रदर्शनीमा १०० स्टल रहेकोमा यस वर्ष २० स्टल थप गरेको आयोजकले बताएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा हुने यस प्रदर्शनीमा भाग लिन १४ ब्राण्डका चार पांग्रे र १५ ब्राण्डका दुई पांग्रे सवारी साधन तथा ५ ब्राण्डका हेवी कमर्शियल सवारी प्रदर्शनीमा रहने नाडा अटोमोबाईल्स एशोसिएशनका अध्यक्ष शेखर गोल्छाले बताए ।

६ दिनसम्म चल्ने अटो शोमा यो वर्ष स्याङयोङ ब्राण्डको गाडी पनि थपिएको छ भने नेपालकै महँगो अप्रिलियालगायतका मोटरसाइकलको स्टल पनि थपिएको छ । नाडाले हरेक वर्ष ५ दिने अटो शो गर्दै आएको भए पनि यो वर्ष संभावित बन्द हड्ताललाई ध्यानमा राख्दै १ दिन बढाएर ६ दिने शो गर्न लागेको शोका संयोजक शम्भु प्रसाद दाहालले जानकारी दिए ।

१ सय २० स्टल रहने अटो शोमामा ६५ कम्पनीले विभिन्न योजनाहरु सहित सवारीसाधन, सवारी साधान जन्य अन्य वस्तु तथा अन्य सेवाहरु प्रदर्शनमा राखिनेछन् । गत वर्ष २० हजार अवलोकनकर्ताले भ्रमण गरेको अटो शोमा यो वर्ष ५० हजारले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

अटो शोमा डाटसुन, दाइहात्सु, फियट, फोर्ड, होन्डा, हुन्डाई, किया, निशान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागन, अशोक ले ल्यान्ड, भारत बेञ्ज लगायतका ब्रान्डहरु प्रर्दशनीमा राखिने भएको छ ।

यसैगरी स्कोर्टस, अप्रिलिया, एमभी अगष्टा, बजाज, बेनिली, हिरो, हिरो इलेक्ट्रिक, होन्डा बाइक, केटीएम, महिन्द्रा, रोयल इन्फिल्ड, सुजुकी बाइक, टीभीएस बाइक, भेष्पा र यामाहा ब्रान्ड पनि अटो शोमा हुनेछन् । यसको अलवा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एशोसेरिजहरुको सहभागिता रहने बताइएको छ

नाडा अटो शोमा वर्षेनी गाडीका ब्राण्डहरु बढिरहेका हुनाले यसलाई मध्यनजर गर्दै आयोजकले अघिल्लो वर्षमा ८ हजार वर्गमिटरको क्षेत्रफलमा स्टल राखेको यो वर्ष १ हजारले बढाएर ९ हजार वर्गमिटरको क्षेत्रफलमा सम्पूर्ण अटोमोबाइल्सको ९० प्रतिशतले सहभागिता जनाउने दाहलले जानकारी दिए ।

प्रकाशित : २० भाद्र २०७२, आईतवार १३:०६