काठमाडौं । नेप्सेले कर्पोरेट बुल रेस आयोजना गर्ने भएको छ । पुँजी बजारप्रति जनचेतना अभिवृद्धि गर्ने उदेश्य सहित नेप्सेले २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा सो रेस गर्ने भएको हो ।
पुस २८ गते शुक्रबार हुने रेसमा सहभागी हुनका लागि नेप्सेले पुस २५ गतेभित्र मनोनयन गर्न नेप्सेले सुचना जारी गरेको छ । सो रेसमा सहभागि हुनका लागि व्यक्ति वा संस्थाको हकमा २५ हजार र व्यक्तिको लागि ५ हजार रुपैयाँ लाग्ने पनि नेप्सेले जनाएको छ ।
रेस पुस २८ गते शुक्रबार विहान ७ः३० बजे नेप्से प्रांगणमा हुनेछ ।
Comment