
बुटवलमा मुख्य कार्यालय रहेको यो बैंकको रुपन्देही, नवलपरासी र चितवन कार्यक्षेत्र छ । जिल्ला कार्यक्षेत्र भएको यो बैंकले केन्द्रिय कार्यालयसहित एघार वटा शाखा बाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ३८ करोड निक्षेप संकलन तथा एक अर्व ८१ करोड कर्जा लगानी गरेको थियो ।
बैंकले गत वर्ष ६ करोड ४० लाख सञ्चालन नाफा कमायो । यो नाफाबाट बैंकले १८ प्रतिशत वोनस सेयर वितरण गर्ने निर्णय गरिसकेको छ ।
हाल बैंकको चुक्ता पुँजी १८ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको र घोषणा भएको लाभांस वितरण रकमलाई पुँजीकृत गरे पछि बैंकको चुक्ता पुँजी २१ करोड ८४ लाख ७७ हजार पुग्ने बैंकले जनाएको छ ।
Comment