काठमाडौ । कामना सेवा विकास बैंकले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा स्विकृतिको लागि आवेदन दिएको छ । बैंकले १० बराबर १.५ कित्ता हकप्रद शेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो ।
बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको ३० करोड ९४ लाख १५ हजार ४७७ रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४.७७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
बैंकले उक्त हकप्रद शेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३६ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
हकप्रद शेयरको पुँजीकरण पछि बैंकलाई तोकिएको चुक्ता पुँजी पुर्याउन १४ करोड रुपैयाँको आवश्यकता पर्नेछ । केन्द्रिय बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।
Comment