काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पुस २१ गते २१ औं साधारणसभा हुनलागेको छ । कम्पनीको सो सभा काठमाडौंको भाटभटेनी स्थित अमरपालि ब्यांकेटमा बस्ने भएको छ । सभामा पुस ६ गतेसम्म कायम शेयरधनी सहभागी हुन पाउनेछन् ।
कम्पनीले यो वर्ष आफ्ना शेयरधनी हरुलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । उक्त सभाले चुक्तापूँजी वृद्धि गर्ने सम्बन्धमा निर्णय गर्ने भएको छ ।
Comment