रिलायन्स फाइनान्सको ४५ प्रतिशत हकप्रद शेयर बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिलायन्स फाइनान्सको ४५ प्रतिशत हकप्रद शेयर बिक्री खुला



काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडको ४५ प्रतिशत अर्थात् १०ः४.५ अनुपातमा हकप्रद शेयर आजबाट निष्काशन भएको छ ।फाइनान्सले १०० रुपैयाँ अंकित दरमा २३ लाख ६ हजार ५७१.६० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यो हकप्रद शेयर पुस २७ गतेसम्म भर्न पाइनेछ ।उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंबाट हकप्रद भर्न सक्नेछन् । त्यसैगरी, रिलायन्स फाइनान्सको उपत्यका भित्रका प्रदर्शनीमार्ग र न्यूरोड शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार ११:३९