नविल बैंकले एकै दिनमा खोल्यो १० नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नविल बैंकले एकै दिनमा खोल्यो १० नयाँ शाखा



काठमाडौं ।नविल बैंक लिमिटेडले मंसिर १८ गते एकैदिन १० नयाँ शाखा विस्तार गरेको छ । बैंकले विरेन्द्रनगर-सुर्खेत, टिकापुर-कैलाली, तालचोक, बगर, अमरसिंहचोक-पोखरा, कास्की, लमहि-दाङ, बर्दिबास-महोत्तरी, टाँडी-चितवन, लाहान-सिराहा तथा हरिवन-सर्लाहीमा शाखा विस्तार गरेको जनाएको छ ।

नयाँ शाखा विस्तारसँगै बैंकको शाखा सञ्जाल ६२ पुगेको छ । बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले बैंकले प्रदान गर्न सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्नसक्ने जनाएको छ ।

बैंककाे एक सय एटीएम, २ एक्स्टेन्सन काउन्टर, र १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी रुपमा र विदेश अवस्थित अन्य धेरै बैंकिङ्ग एजेन्सीहरु मार्फत् विश्वभर सेवा प्रदान गर्दे आएको छ ।

प्रकाशित : 5 December, 2017 11:44 am