रेमिट रकमको सिमा एक लाखसम्म तोक्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रेमिट रकमको सिमा एक लाखसम्म तोक्ने तयारी



काठमाडाै । नेपाल राष्ट्र बैंकले एक लाखसम्म रेमिट गर्न मिल्ने व्यवस्था प्रस्ताब गरेको छ। विद्युतीय माध्यमबाट हुने कारोबार व्यवस्थित गर्न र जोखिम न्यूनीकरण गर्न भन्दै राष्ट्र बैंकले अब एक लाखसम्म मात्र रेमिट गर्न मिल्ने व्यवस्था प्रस्ताब गरेको हो।

रेमिट्यान्स कम्पनी मार्फत विदेशबाट पठाएको रकम नेपालमा रहेका सम्बन्धित पक्षलाई १ लाखसम्म नगदमा भुक्तानी गर्न सकिनेछ। उक्त सिमा भन्दा बढी रकम भएमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने राष्ट्र बैकको प्रस्तावित व्यवस्थामा उल्लेख छ। यस अघि रेमिट्यान्स कम्पनीहरुबाट भुक्तानी हुने रकमको सिमा तोकिएको थिएन।

राष्ट्र बैंकले प्रस्ताब गरेको व्यवस्था अनुसार एजेन्ट वा सब एजेन्टहरुले सम्बन्धित रेमिट्यान्स कम्पनीको सिस्टम प्रयोग गरि स्वदेशमा आन्तरिक रेमिट्यान्स कारोबार समेत गर्न पाउने छैनन।

भुक्तानी कारोवारमा एकरुपता कायम गरी जोखिम कम गर्न राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा तोक्न लागेको हो । प्रस्तावित व्यवस्थाका विषयमा सरोकारवालाले २९ गतेसम्म राय पेश गर्न सक्नेछ्न। सुझाबका आधारमा भुक्तानी र खर्चको सीमा निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : 3 December, 2017 11:51 am