लगानीको लागि केही घण्टा बाँकी रहदाँ सगुनको सेयरबारे जानकारी लिन सिधै सम्पर्क गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

लगानीको लागि केही घण्टा बाँकी रहदाँ सगुनको सेयरबारे जानकारी लिन सिधै सम्पर्क गर्न सकिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । सगुनले खुल्ला गरेको शेयर खरिद गर्ने अन्तिम मिति यही नोभेम्बर ३० मध्यरात (अमेरिकाको न्यूयोर्क समय अनुसार) सकिदै छ । सेयरबारेमा बुझ्न चाहानेहरुको लागि बिभिन्न देशमा रहेका सगुनका प्रतिनिधिहरुलाई सिधै सम्पर्क गरेर लगानीकोबारेमा सोध्न सकिने छ । लगानीको लागि बिश्वभरबाट www.sagoon.com/invest मा रहेको लाइभ च्याटमा अध्यधिक चाप बढेपछि बिभिन्न देशमा भएका आफ्ना प्रतिनिधिहरुको नम्बर सार्वजनिक गर्दै सिधै कल गर्ने ब्यवस्था मिलाएको बताएको छ । यि नम्बरहरुमा फोन गरेर मिनी आइपिओ सम्बन्धी बुझ्न सकिने बताइएको छ । इन्भेन्ट पेजमा रहेको सगुनको लाइभ च्याट २४ सै घण्टा उपलब्ध हुनेछ ।

यसको लागि सगुनले विभिन्न देशहरुमा सम्वन्धित देशको समय अनुसार सोही देशहरुबाट सेवाउपलब्ध गराउने जनाएको छ ।
सम्बन्धीत देशको समय अनुसार बिहान ८ बजे देखि ११ बजेसम्म मात्र यी नम्बरमा सम्पर्क गर्न सकिने छ । यो सेवा नोभेम्बर ३० तारिक मध्य रात (न्यूयोर्क समय अनुसार) सम्म मात्र उपलब्ध हुने बताइएको छ ।

अमेरिकाः1-703-330-6333
भारतः+91 -7291987585, +91-7292980947, +91129 6522214
नेपालः+977-9843722475
द.कोरियाः82-1047675248
बेलायतः44-787-564-5133
अष्ट्रेलियाः61-432284615
क्यानडाः1-613-884-0869

यो सेवा नोभेम्बर ३० तारिकमध्यरात (न्यूयोर्क समय अनुसार) सम्म मात्र उपलब्ध हुनेछ । सगुनले खुल्ला गरेको दोश्रो राउण्डको शेयरमा कम्तिमा अमेरिकी डलर १००० वा सो भन्दा बढी रकम लगानीगरि खरिद गर्न सकिने छ । नेपाल भित्रबाट बिदेशी कम्पनीमा लगानी गर्न पाइने छैन तर बिदेशमा रहेका गैर आवसिय नेपालीहरुले बैक खाता भएमा लगानी गर्न सक्नेछन् ।

यस पटक बैककबाट वायर ट्रान्सफर तथा क्रेडिट वा डेविट कार्डबाट समेत लगानीगर्न पाइने व्यवस्था सगुनले गरेको छ । तर भारत र अष्ट्रेलिया यो सेवा उपलब्ध रहेको छैन । भारत र अष्ट्रेलियाबाट लगानी गर्न फर्म भरिसकेपछि बैकबाट वायर ट्रान्सफर नै गर्नुपर्नेछ ।

प्रकाशित : १३ मंसिर २०७४, बुधबार २२:१७ 29 November, 2017 10:17 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।