काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि बाणिज्य बैंकहरुले मंगलबार नेपाल राष्ट्र बैंकबाट ११ अर्ब रुपैयाँ उठाएका छन् ।
बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएर अन्तर बैंक ब्याजदर बढेर सीमा नाघेपछि राष्ट्र बैंकले मंगलबार हस्तक्षेप गरी रिपो वित्तीय उपकरणमार्फत बजारमा १० अर्ब रुपैयाँ पठाएको थियो ।
१० अर्ब रुपैयाँको रिपो निष्कासन गर्दा ९ वाणिज्य बैंकले ११ अर्ब रुपैया उठाएका हुन् । बैंकले माग भन्दा बढी रकम उठाएपछि राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँको रिपो ल्याउदै छ । बजारमा तरतलाको अभाव देखिएको निश्कर्ष राष्ट्र बैंकका छ । बजारमा अझै पनि १६ अर्ब तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलतामा कमी आई तत्काल समस्या समधान गर्न १० अर्ब रुपैयाँ रकम बजारमा पठाएको हो । १४ दिन अवधिको रिपोको ब्याज दर ५ प्रतिशत छ । रिपोको रकम मंसिर २६ गते फिर्ता हुने केन्द्रीय बैंकले जनाएको छ ।
ब्याजदर करिडोर नीतिअन्र्तगत राष्ट्र बैंकले बजारमा तरलताको अभाव हुदा ५ प्रतिशत ब्याजदरमा पैसा बजारमा पठाउने र बैकिङ प्रणालीमा तरलता बढी हुदा ३ प्रतिशत ब्याजदरमा रिभर्स रिपोमार्फत बजारबाट पैसा उठाउने गरेको छ ।
Comment