सानिमा बैंककाे संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा बैंककाे संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने



काठमाडौं । सानिमा बैंकले ४९ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि १५ दिनको म्याद दिइएको छ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढीमा सेयर खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ता तोकिएको मितिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

प्रकाशित : ३ माघ २०८१, बिहीबार ११:२१