हिमालयन बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हिमालयन बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट पाउने



काठमाडौं । हिमालयन बैंकका ग्राहकहरुले आन्तरिक उठानतर्फ सबैभन्दा ठुलो सञ्जाल भएको बुद्ध एयरबाट छुट प्राप्त गर्ने भएका छन् ।

बैंक र बुद्ध एयर बीच बैंकका ग्राहकहरुलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र बुद्ध एयर बीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाइ टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित : ८ माघ २०८१, मंगलवार ०८:४३