काठमाडौं । राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक्न माग गर्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू अब्दुल अजीज मुसलमान तथा नृपध्वज निरौलाको इजलासले उक्त रिट खारेज गरेको हो ।
अधिवक्ता रामबहादुर राउतले राष्ट्रिय परिचयपत्र एकसाथ लागू गर्दा सेवाग्राहीहरूले समस्या भोग्न सक्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । अदालतकाे याे फैसलासँगै विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र चाहिने भएकाे छ ।
Comment