सिटिजन्स बैंक मार्फत् अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंक मार्फत् अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर  खाता खोलेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा अष्ट्रेलियन डलरको कारोबार सरल रुपमा सुचारु गर्न खाता खोलेको हो ।

यसबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

साथै भविष्यमा पनि बैंकले यस किसिमका सुविधाहरु आफ्ना ग्राहक वर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित : १२ मंसिर २०७४, मंगलवार १६:२३