नागबेली लघुवित्तको साधारण सभा मंसिर २५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नागबेली लघुवित्तको साधारण सभा मंसिर २५ गते



काठमाडौं ।नागबेली लघुवित्त विकास बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैँकको मंसिर २५ गते साधारण सभा हुन लागेकोले मंसिर १३ गते देखि मंसिर २५ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।
कम्पनीले उक्त साधारणसभामा  चुक्तापूँजीको ४५ दशमलव ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै बोनस वितरणपश्चातको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि कम्पनीले साधारणसभामा पेश गर्ने भएको छ ।
कम्पनीले वितरण गर्न लागेको बोनसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिइसकेको छ । कम्पनीको बोनस र हकप्रद प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले गत बर्षको साधारण सभाबाट नै शत प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको भए पनि निष्काशन भने गरेको थिएन ।

प्रकाशित : 28 November, 2017 12:29 pm