सोलुखुम्बुका तिङलावासीले चुनाव बहिष्कार गरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोलुखुम्बुका तिङलावासीले चुनाव बहिष्कार गरे



काठमाडौं । पहिलो चरण अन्तर्गत आज भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सोलुखुम्बुका तिङलावासीले बहिष्कार गरेका छन् ।

राज्य पुनसंरचनाका क्रममा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिेट’ अभियान अन्तर्गत मतदान बहिष्कार गरेका हुन्।

२५ सय ७५ मतदाता रहेको गाउँका कसैले पनि मतदाता परिचयपत्र लिएका थिएनन् । तिङ्लाका कोही कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : 26 November, 2017 12:21 pm