रोजगारीको नयाँ बाटोःसरकार आफैंले इजरायल कामदार पठाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रोजगारीको नयाँ बाटोःसरकार आफैंले इजरायल कामदार पठाउने



 काठमाडौं । इजरायलमा फेरि नेपाली महिला कामदार जान पाउने भएका छन्  । विगत ५ वर्षदेखि रोकिएको कामदार लैजाने प्रक्रिया सुरु गर्न इजरायल सहमत भएसंगै नेपाली महिला कामदारको रोजगारीको नयाँ बाटो खुलेको हो ।

आज श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, इजरायल राजदृूत यारोन मेयर र रोजगार विभाग महानिर्देशक भरतराज सुवेदी उपस्थिति कार्यक्रममा इजरायलले केयर गिभरका रुपमा नेपाली महिला कामदार लैजाने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा नेपालका तर्फबाट श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र इजरायलका तर्फबाट राजदूत यारोन मायेरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सरकार आफैंले इजरायल कामदार पठाउने उल्लेख छ । सम्झौता अनुसार लिखित र मौखिक परीक्षा पास हुनुका साथै स्वाथ्य परीक्षणमा सफल भएकाहरुलाई इजरायल लगिने बताइएको छ । पहिलो चरणमा ६० नेपाली छनोट गरिने र पाइलट प्रोजेक्ट अन्तरगत ३०० नेपाली महिला इजरायल जाने अपेक्षा गरिएको छ ।

न्यूनतम लागतमा इजरायल जान पाउने उल्लेखित उक्त सम्झौता पत्रमा दक्षिण कोरियामा जस्तै दुवै देशबीच सरकारी तह (जीटुजी मोडल) मा कामदार पठाइने  छ ।

प्रकाशित : २२ श्रावण २०७२, शुक्रबार १३:०३