नेपाल बंङ्गलादेश बैंकका अध्यक्ष द्वारा पद तथा गोपनियताको सपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बंङ्गलादेश बैंकका अध्यक्ष द्वारा पद तथा गोपनियताको सपथ ग्रहण



काठमाडौं।नेपाल बंङ्गलादेश बैंक लिमिटेडको तेईसौं बार्षिक साधारणसभा २०७४ साल मंसीर ३ गते सम्पन्न भएको छ । उक्त सभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेलसञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन । साथै सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष पनि चयन गरिएको छ । बैंकका अध्यक्ष जलाल अहमदले नेपाल राष्ट्र बैंकका गभर्नर श्री चिरञ्जीवि नेपालबाट २०७४ साल मंसीर ४ गते पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन् ।

प्रकाशित : ६ मंसिर २०७४, बुधबार ११:२१