हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन जनरल इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं। हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको मंसिर ५गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ३८ करोड ५२ लाख रुपैंयाँ चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने ५ करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नियामक निकायको स्वीकृत पश्चात मात्रै शेयरधनीलाई वितरण हुनेछ ।

प्रकाशित : ६ मंसिर २०७४, बुधबार ११:१०